काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दै गएको तनावकाे असर आईपीएल क्रिकेटमा पनि परेको छ । सुरक्षा खतरा बढेको भन्दै पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच बिहिवारराती धर्मशालामा भएको खेल १०.१ ओभरपछि रोकिएको हाे ।
खेल राेकिदा पञ्जावले १०.१ ओभरमा एक विकेटको क्षतिमा १२२ रनकाे उच्च स्कार बनाएको थियाे ।
खेल रद्वहुंदा पञ्जावले शिर्ष स्थानमा उक्लने माैकासमेत गुमाएको छ ।
१२ खेल खेलेको पञ्जाव १२ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ । ११ खेलबाट समान अंक भएका गुजरात र बैङलाैर पहिलाे र दोस्रो स्थानमा छन् ।
पहिलो इनिङको १० ओभरपछि रंगशालामा लगायतका क्षेत्रमा बिजुली काटिएका कारण खेल रोक्नुपरेको समाचारमा जनाइएको छ । बत्ती कटाती भएसंगै आयोजकले दर्शक र खेलाडीसँग माफिमाग्दै मैदानबाट बाहिरिन अग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानले कतिपय क्षेत्रमा मिसाइल र द्रोण आक्रमण गरेका कारण सुरक्षा खतरा बढेसँगै बिधुत लाइन बन्द गरिएको समाचारमा जनाइएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भने एचपीसीए रंगशालामा 'गम्भीर प्राविधिक समस्या' भई विद्युत् आपूर्ति बन्द भएकाले खेल रोक्नु परेको जनाएको छ ।
रंगशालामा उपस्थित दर्शकहरूलाई परेको असुविधाप्रति बीसीसीआईले क्षमा प्रकट समेत मागेको छ ।
लाइट बन्द भएपछि दुवै टिम र दर्शकहरूलाई एचपीसीए रंगशालाबाट सुरक्षितरूपमा बाहिर ल्याइएको छ ।
क्रिकबजका अनुसार, खेलाडी र प्रशिक्षकहरूलाई बसमार्फत होटेलमा पुर्याइएको जनाइएको छ ।