मुम्बईलाई पराजित गर्दै गुजरात आइपिएलको शीर्षस्थानमा

मुम्बईलाई पराजित गर्दै गुजरात आइपिएलको शीर्षस्थानमा

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • मुम्बईलाई पराजित गर्दै गुजरात आइपिएलको शीर्षस्थानमा

    काठमाडौं । मुम्बईलाई पराजित गर्दै  गुजरात टाइटन्स् आइपिएलको शीर्षस्थानमा उक्लिएको छ। मंगलबारराती सम्पन्न खेलमा मुम्बई इन्डियन्स्लाई तीन विकेटले हराउँदै गुजरातले आठौं जित निकालेको हाे । 

    मुम्बई इन्डियन्स् बिरूद्व अन्तिम बलमा रोमाञ्चक जित निकालेकाे गुजरात ११ खेलबाट १६ अंकका साथ अकंतालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

    टस हारेर पहिले ब्याटीङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । गुजरातले जवाफी ब्याटीङ गर्दा वर्षाले खेल अवरुद्ध भएपछि खेल १९ ओभरमा छोट्याइएको थियो। १९ ओभरमा गुजरातले १४७ रनको लक्ष्य पाएको थियो । गुजरातले अन्तिम ओभरकाे अन्तिम बलमा सात विकेटकाे  क्षतिमा लक्ष्य पूरा गरेको थियाे । जितसंगै गुजरात प्लेअफ नजिक पुगेको छ । 

    हारका बाबजुत मुम्बइको प्लेअफमा पुग्ने सम्भावना अझै बलियो छ। १२ खेलमा सात जित निकालेको मुम्बई १४ अंगसहित अंकतालिकाको चौथो स्थानमा छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij