अपहरणको अभियोगमा वीरगञ्जबाट नाबालकसहित चार जना पक्राउ

अपहरणको अभियोगमा वीरगञ्जबाट नाबालकसहित चार जना पक्राउ

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • अपहरणको अभियोगमा वीरगञ्जबाट नाबालकसहित चार जना पक्राउ

    वीरगञ्ज (पर्सा) । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए। हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन ।

    पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij