सशस्त्र प्रहरीलाई देखेपछि भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

सशस्त्र प्रहरीलाई देखेपछि भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • सशस्त्र प्रहरीलाई देखेपछि भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

    काठमाडौं । धनकुटामा सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोसी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई प्रहरीले चेक गर्न खोज्दा भागेको थियो । 

    को २ प १७३४ नम्बरको कार भागेपछी पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकिएको थियो । चालक फरार भएको अवस्थामा कार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । चेक गर्दा १२ वटा पोकामा ४२१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij