कान्छा खेलाडीले शतक बनाउँदा राजस्थानकाे तेस्रो जित, गुजरात आठ विकेटले पराजित

कान्छा खेलाडीले शतक बनाउँदा राजस्थानकाे तेस्रो जित, गुजरात आठ विकेटले पराजित

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • कान्छा खेलाडीले शतक बनाउँदा राजस्थानकाे तेस्रो जित, गुजरात आठ विकेटले पराजित

    काठमाडौं । राजस्थानले आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै तेस्रो जित निकालेको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको हो । 

    ओपनिङ ब्याट्समेन वैभव सूर्यवंशीको शानदार शतकमा  बलियाे टाेली गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । वैभवले ३५ बलमा शतक पूरा गरे । 

    पहिलो विकेटका लागि अर्का ओपनर यशश्वी जैसवालसँग मिलेर १६६ रनको साझेदारी गरेपछि राजस्थानको जित निश्चित भइसकेको थियो । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्कासहित १०१ रन बनाए । जैसवालले अविजित ७० रन जाेडे । 

    वैभव आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी मात्र बनेनन् । सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् । सन् २०१३ काे आइपिएलाा  क्रिस गेलले ३० बलमै शतक बनाएका थिए । 

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए भने जस बट्लर ५० रनमा नटआउट रहँदा साइ सुदर्शनले ३९ रन बनाएका थिए । 

    राजस्थानका महीश थिक्सानाले २, जोफ्रा आर्चर र सन्दीप शर्माले समान १ विकेट लिएका थिए । जितपछि १० खेलमा ६ अंक भएको राजस्थान आठौं स्थानमा उक्लिएको छ । ९ खेलमा १२ अंक भएको गुजरात तेस्रो स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij