यू–१९ साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

यू–१९ साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • यू–१९ साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

    काठमाडौं । १९ वर्षमुनिको साफ पुरुष च्याम्पियनशिप फुटबलका लागि नेपाली टोली घोषणा भएको छ । आउँदो मे ९ देखि १८ सम्म भारतमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

    प्रतियोगितामा नेपाल समूह 'बी' मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् । यस्तै समूह 'ए' मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

    यस्तो छ  टोली–

    गोलकीपर : भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन र विशेष बानियाँ

    डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा र सिद्धान्त खड्का

    मिडफिल्डर : कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिनकुमार लुङ्गेली मगर, रञ्जीत लामा, सुवास बम र विज्ञान खड्का

    फरवार्ड : पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डङ्गोल र प्रसुन तामाङ

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij