बेंगलुरुकाे छैटौं जित, राजस्थान ११ रनले पराजित

बेंगलुरुकाे छैटौं जित, राजस्थान ११ रनले पराजित

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • बेंगलुरुकाे छैटौं जित, राजस्थान ११ रनले पराजित

    काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल क्रिकेटमा छैटौं जित निकालेको छ । बिहीबार राती सम्पन्न  खेलमा बेंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको हो । 

    बेंगलुरुले दिएको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । राजस्थानका यशश्वी जैसवालले ४९ तथा ध्रुव जुरेलले ४७ रन बनाए । नितिश रानाले २८ रन जाेडे । 

    १० ओभरको समाप्तिमा ११३-३ को अवस्थामा रहेकाे राजस्थानले त्यसपछि लय गुमाएको थियो । अन्तिम ३ ओभरमा जितका लागि ४० रन आवश्यक हुँदा १८औं ओभरमा राजस्थानले २२ रन जाेडेकाे थियाे । 

    हेजलवूडले १९औं ओभरमा १ रन मात्र दिएर २ विकेट  लिएपछि बेंगलुरुको जित पक्का भएको थियो ।बेंगलुरुका लागि जोश हेजलवूडले ४ ओभरमा ३३ रन खर्चंदै ४ विकेट लिए । क्रुनाल पान्ड्याले २ तथा भुवनेश्वर कुमार र यश दयालले समान१ विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ५ विकेटकाे क्षतिमा २०५ रन बनाएको थियो । बेंगलुरुका विराट कोहलीले ७० तथा देवदत पडिक्कलले ५० रन बनाए । फिलिप साल्टले २३ तथा टिम डेभिडले अविजित २३ रन जाेडे । 

    राजस्थानका लागि सन्दीप शर्माले २ विकेट तथा वानिन्दु हसरंगा र जोफ्रा आर्चरले समान १ विकेट लिए । याे जितसँगै ९ खेलमा १२ अंक भएको बेंगलुरु अंकतालिकाकाे तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा ४ अंक मात्र जाेड्न सफल राजस्थान आठौं स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij