सिद्धान्त लोहनीको उपचारमा पाँच लाख रुपैयाँ दिने क्यानको निर्णय

सिद्धान्त लोहनीको उपचारमा पाँच लाख रुपैयाँ दिने क्यानको निर्णय

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • सिद्धान्त लोहनीको उपचारमा पाँच लाख रुपैयाँ दिने क्यानको निर्णय

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगिताका दौरान घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई उपचारका निम्ति पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

    क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन् २०२३ मा भएको महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगितामा घाइते भएका सिद्धान्तलाई पाँच लाख दिने निर्णय गरेको हो । 

    सिद्धान्तको लिगामेन्टमा चोट लागेको थियो । त्यसयता उनले भारतमा उपचार गराइरहेका छन् । प्रतियोगितामा सिद्धान्तले कोसी प्रदेशको प्रतिनिधित्व गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij