लगातार चाैथाे जित निकाल्दै मुम्बई आईपीएलकाे शिर्ष तीनमा

लगातार चाैथाे जित निकाल्दै मुम्बई आईपीएलकाे शिर्ष तीनमा

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • लगातार चाैथाे जित निकाल्दै मुम्बई आईपीएलकाे शिर्ष तीनमा

    काठमाडौं । मुम्बई इन्डियन्स आईपीएल क्रिकेटमा पाँचौं जित निकाल्दै शिर्ष तीनमा पुगेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको हाे । 

    हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेटकाे क्षतिमा पुरागर्दै मुम्बईले लगातार चाैथाे जित दर्ता गर्याे । मुम्बईका रोहित शर्माले ७० रन बनाए भने सुर्यकुमार यादव ४० रनमा अविजित रहे । 

    हैदराबादका जीशान अन्सारी, इशान मलिंगा र जयदेव उनादकटले १-१ विकेट हात पारे । टस हारेर पहिले ब्याटिङ गरेको  हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । 

    हैदराबादका लागि हेनरिच क्लासेनले सर्वाधिक ७१ तथा अभिनव मनोहरले ४३ रन बनाए । १३ रनमै ४ विकेट गुमाएको हैदराबादका लागि क्लासेन र मनोहरले ९९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । 

    मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर  ४ विकेट लिए । दीपक चहरले ४ओभरमा १२ रन मात्र दिएर २ विकेट लिए । हार्दिक पान्ड्या र जसप्रित बुमराहले समान १ विकेट लिए । 

    जितपछि ९ खेलमा १० अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । ८ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा यथावत् छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij