दिल्लीकाे छैटौं जित, लखनउ ८ विकेटले पराजित

दिल्लीकाे छैटौं जित, लखनउ ८ विकेटले पराजित

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • दिल्लीकाे छैटौं जित, लखनउ ८ विकेटले पराजित

    काठमाडौं । दिल्ली क्यापिटल्सले  आईपीएल क्रिकेटमा छैटौं जित निकालेको छ । केएल राहुल र अभिषेक पोरेलले उत्कृष्ट खेलसंगै मंगलबारराती सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो । 

    लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । दिल्लीका केएल राहुलले अविजित ५७ रन तथा अभिषेक पोरेलले ५१ रन बनाए । कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे । 

    लखनउका लागि दुवै विकेट एइडेन मार्क्रमले लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेटकाे क्षतिमा १५९ रन बनाएको थियो । 

    लखनउका एइडेन मार्क्रमले ५२ तथा मिचेल मार्शले ४५ रन बनाए । आयुष बदोनीले ३६ रन जाेडे । 

    दिल्लीका मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चंदै ४ विकेट लिए । मिचेल स्टार्क र दुस्मान्था चमीराले समान १ विकेट लिए । 

    जितसँगै दोस्रो स्थानको दिल्लीको ८ खेलमा १२ अंक भएको छ । ९ खेलमा १० अंक भएको लखनउ पाँचौं स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij