काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएलमा चेन्नई सुपर किङ्समाथि सहज जित हात पारेको छ । रोहित शर्मा र सुर्यकुमार यादवले अविजित शतकीय पारी खेलेपछि आइतबारराती मुम्बईले चेन्नईलाई ९ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईका लागि रोहितले ७६ तथा सुर्यकुमार ६८ रनमा अविजित रहे । चेन्नईका रविन्द्र जडेजाले एक मात्र विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको थियो । चेन्नईका लागि रविन्द्र जडेजाले अविजित ५३ तथा शिवम दुबेले ५० रन बनाएका थिए ।
मुम्बईका जसप्रित बुमराहले २, दिपक चहर, अश्वनी कुमार र मिचेल सान्टनरले समान एक विकेट लिए । जितपछि ८ खेलमा ६ अंक भएको मुम्बई अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा ४ अंक मात्र जोडेको चेन्नई १०औं स्थानमा यथावत् छ ।