बुटवलमा युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

बुटवलमा युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • बुटवलमा युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

    काठमाडौं । रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शुक्रबार बिहान साढे ९ बजे एक युवतीमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    गोली लाग्ने युवतीको परिचय टिका विष्ट क्षेत्रीको रूपमा खुलेको छ । रैनादेवी छहरा स्थायी घर भई हाल बुद्धनगर बसोबास गर्दै आएकी उनलाई कम्मरमाथि गोली लागेको हो । हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको छ, र अवस्था गम्भीर रहेको बताइएको छ ।

    घटनाको कारण र संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन । यद्यपि, स्थानीयका अनुसार केही दिनअघि विष्टको एक भारतीय नागरिकसँग विवाद भएकोले सोही विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान तीव्र पारेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij