पाँचौं जित निकाल्दै पञ्जाब किङ्स अंकतालिकाकाे दोस्रोस्थानमा

पाँचौं जित निकाल्दै पञ्जाब किङ्स अंकतालिकाकाे दोस्रोस्थानमा

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • पाँचौं जित निकाल्दै पञ्जाब किङ्स अंकतालिकाकाे दोस्रोस्थानमा

    काठमाडौं । पञ्जाब किङ्सले आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार मध्यराती सम्पन्न खेलमा बेंगलुरुलाई ५ विकेटले हराउँदै पञ्जाब अंकतालिकाकाे दोस्रोस्थानमा उक्लिएको हो । 

    वर्षाले प्रभावित भएपछि १४ ओभरमा छाेट्याइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पञ्जाबका नेहाल वधेरा ३३ रनमा अविजित रहे । प्रियान्श आर्याले १६ तथा जोश इङ्लिसले १४ रन बनाए । 

    बेंगलुरुका जोश हेजलवूडले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी भुवनेश्वर कुमारले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । 

    बेंगलुरुका टिम डेभिडले अविजित ५० रन बनाउँदा कप्तान रजत पाटिदारले २७ रन बनाए । पञ्जाबका मार्को यानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले समान २ विकेट लिँए । जेभियर बार्टलेटकाे नाममा १ विकेट रह्यो । 

    जितपछि ७ खेलमा १० अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । समान  खेलमा ८ अंक भएको बेंगलुरु चौथो स्थानमा झरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij