अफगानिस्तानलाई आज जिते नेपालले यु १९ विश्वकपको टिकट काट्ने

अफगानिस्तानलाई आज जिते नेपालले यु १९ विश्वकपको टिकट काट्ने

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • अफगानिस्तानलाई आज जिते नेपालले यु १९ विश्वकपको टिकट काट्ने

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानकाे सामना गर्दैछ । मुलपानी तल्लो  क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुने खेल जिते नेपालले आगामी विश्वकपकाे टिकट काट्ने छ ।

    पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ । यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ । 

    छनोट प्रतियोगितामा ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् । रनरेटमा अघि रहेको अफगानिस्तान खेल रद्द भएको वा बराबरी भएको खण्डमा पनि विश्वकपमा छनोट हुनेछ । 

    युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो, नेपालले ।अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको थियाे । 

    छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानविच ३ खेलको एकदिवसिय सिरिज भएको थियो । उक्त सिरिजको दुई खेलमा अफगानिस्तान र एक खेलमा नेपाल विजयी भएको थियो । 

    पहिलो खेलको ब्याटिङमा अफगानिस्तानका ब्याटर हाबी भए । त्यसपछिका दुई खेलमा भने अफगानिस्तानका ब्याटर खुलेर खेल्ने सकेनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij