लयमा फर्किदै मुम्बई, हैदराबाद चार विकेटले पराजित

लयमा फर्किदै मुम्बई, हैदराबाद चार विकेटले पराजित

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • लयमा फर्किदै मुम्बई, हैदराबाद चार विकेटले पराजित

    काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । बिहीबारराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो । 

    हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो । मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायन रिकल्टनले ३१, रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ तथा हार्दिक पान्ड्या र तिलक वर्माले समान २१ रन बनाए । 

    हैदराबादका कप्तान प्याट कमिन्सले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए । इशान मलिङ्गाले २ तथा राहुल चहरले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । 

    हैदराबादकाअभिषेक शर्माले सर्वाधिक ४० रन बनाए भने हेनरिच क्लासेनले ३७ तथा ट्राभिस हेडले २८ रनको योगदान दिए । 

    मुम्बईका विल ज्याक्सले ३ ओभरमा १४ रन दिएर २ विकेट लिए । ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्या र जसप्रित बुमराहले समान  १ विकेट लिए । 

    जितपछि मुम्बईको ७ खेलमा ६ अंक भएको छ र अंकतालिकामा सातौं स्थानमा उक्लिएकाे छ । समान ७ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij