मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
    दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । 
     
    दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको  रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 
     
    उहाँका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन् । घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij