हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य

हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य

    काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । 

    तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ४६.२ ओभरमा अल आउट हुदै ११५ रन बनाएको हो ।


    हङकङको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली बलर युवराज खत्रीले ४ विकेट लिए भने विपिन प्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले एक विकेट लिएका थिए । हङकङका लागि शिव माथुरले सर्बाधिक ६३ रन बनाएका थिए ।


    जारी प्रतियोगितामा नेपालले आफ्ना दुवै खेल जितेर उत्कृष्ट शुरुवात गरेको छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै हङकङले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij