आईसीसी यू १९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र हङकङ भिड्दै

आईसीसी यू १९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र हङकङ भिड्दै

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • आईसीसी यू १९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र हङकङ भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू(१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल साढे ९‌ बजे सुरु हुने छ । 

    नेपालले यसअघि खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईलाई डिएल पद्दति अनुसार पराजित गरेको  नेपालले दोस्रो खेलमा ओमानमाथि सहज जित हात पारेको थियो । 

    उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो‌ जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा अगाडि छ । 

    अफगानिस्तानले आजै यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । नेपाल‌ र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी रहने छन् । 

    दुवैले जित हातपारे नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने छ ‌। ब्याटिङमा‌ नेपालका दुई ओपनरहरू साहिल पटेल र निरज यादवले राम्रो सुरुवात दिलाइरहेका छन् । 

    बलिङमा स्पीनरहरूले निरन्तर राम्रो बलिङ गर्दै नेपालको जितको आधार तय गरिरहेका छन् । ओमानसँगको दोस्रो खेलमा युवराज खत्रीले पाँच  विकेट लिएका थिए । 

    यूएईसँग तल्लो मुलपानीमै भएको खेलमा सन्तोष यादवले किफायती बलिङ गर्दै महत्वपूर्ण तीन विकेट लिएपछि वर्षाले प्रभावित खेलमा नेपालले जित निकाल्न सम्भव भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij