काठमाडौं । कुवेतसँग नेपाल ३ रनले पराजित भएको छ । हङकङमा जारी चार देशहरुबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपाल कुवेतले दिएको लक्ष्य भेट्न ३ रन मात्रैले चुकेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो । जितका लागि १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनको मात्र योग बनाउन सफल भयो ।
खेलमा नेपालका लागि वसिर अहमदले अर्धशतक बनाए । उनले ४३ बलमा ८ रन बनाएर सानदार प्रस्तुती दिए । अन्य खेलाडीहरु नन्दन यादवले ३७ रन र आशिफ शेखले २१ रन बनाए भने अन्य खेलाडीहरुले दोहोरो अंकको योगदान दिन सकेनन् ।