काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-२ ठकुरी गाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र आज बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    मिस्टिक माउण्टेन होटलमा बालुवा अनलोड गर्न टिपर पछाडि गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बालुवा अनलोड गर्दा अन्दाजी डिलबाट सात मिटर तल टिपर खस्दा च्यापिएर घोरासैनीको घटनास्थलमै मृत्यु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij