अभिषेक शर्मा चम्किंदा हैदराबादकाे दोस्रो जित, २४५ रन बनाएको पञ्जाव पराजित

अभिषेक शर्मा चम्किंदा हैदराबादकाे दोस्रो जित, २४५ रन बनाएको पञ्जाव पराजित

आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • अभिषेक शर्मा चम्किंदा हैदराबादकाे दोस्रो जित, २४५ रन बनाएको पञ्जाव पराजित

    काठमाडौं । अभिषेक शर्माले ४० बलमै शानदार शतक बनाएपछि सनराइजर्स हैदराबादले आईपीएल क्रिकेटमा दोस्रो जित निकालेको छ । शनिबार राती सम्पन्न  खेलमा पञ्जाब किङ्समाथि ८ विकेटको जित दर्ता गर्दै हैदराबादले ६ खेलमा दोस्रो जित निकालेको हो । 

    पञ्जाबले दिएको २४६ रनको विशाल लक्ष्य पछ्याएकाे हैदराबादले १८.३ ओभरमा २ विकेटको क्षतिमा जित हात पार्याे । अभिषेकले ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रन बनाए । 

    अर्का ‌ओपनर ट्राभिस हेडले ६६ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । अभिषेकले चौथो ओभरमै जीवनदान पाएका थिए । 

    चौथो बलमा यश ठाकुरको बलमा क्याच आउट भएपनि उक्त बल नो बल भएको थियो । त्यसपछि उनी थप आक्रमक भएका थिए । 

    टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २४५ रनकाे विशाल याेगफल बनाएको थियो । पञ्जावका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए । 

    प्रभसिमरन सिंहले ४२ रन बनाउँदा मार्कस स्टोइनिस ३४ रनमा अविजित रहे । हैदराबादका हर्शल पटेलले ४ विकेट लिए भने इशान मलिंगाले २ विकेट लिए । 

    जितपछि ६ खेलमा ४ अंक भएको हैदराबाद अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ । ५ खेलमा ६ अंक भएको पञ्जाब छैटौं स्थानमाछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij