सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    बरहथवा (सर्लाही) । सर्लाहीको हरिपुर्वामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।

    आज बाँके-सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका-९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री ईश्वरपुर नगरपालिका-१३ श्रीनगरका १७ वर्षीया अञ्जली महतोको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार सोही साइकलको पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् ।

    मृतक र घाइता प्रहरीले जनाएको हो । घाइते किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्नाउ राईले बताए ।

    प्रहरीले घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका-१० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij