काठमाडौं । अमेरिकाको न्युओर्क सहरस्थित हडसन नदीमा बिहीबार हेलिकोप्टर दुर्घटना भएको छ । यस दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ६ जना यात्रुको मृत्यु भएको छ ।
न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ। उनीहरूको शव निकालिएको छ। हाम्रो समवेदना पीडित परिवारप्रति छ।’
घटनास्थलमै चार जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई अस्पताल लगिएपछि मृत्यु प्रहरीले जनाएको छ ।