माइक्रो बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

माइक्रो बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • माइक्रो बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

    काठमाडौं । कैलालीमा माइक्रो बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।

    जानकी गाउँपालिका–५ को अमौरामा बुधबार सुपप्र ०१००१ ज १५९८ नम्बरको माइक्रो बसले साइकललाई ठक्कर दिएको थियो ।

    सो क्रममा साइकल पछाडि सवार जानकी गाउँपालिका–५ बस्ने ४४ वर्षीया बडुवालको मृत्यु भएको छ भने मृतकका श्रीमान समेत रहेका साइकल चालक ५५ वर्षीय मानबहादुर भन्ने मारुप बडुवाल गम्भीर घाइते छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने एउटा खुट्टा भाँचिएको छ ।

    घाइते दुवै जनालाई उद्धार गरेर उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । तर श्रीमतीको भने उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

    माइक्रो बस र चालक भजनी नगरपालिका–६ मादेउलीका २८ वर्षीय केदार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij