२ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ

२ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ

    काठमाडौं । बारा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २ किलो ९९ ग्राम अफिमसहित एक जना पक्राउ गरेको हो । 

    प्रहरीको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी सरोज प्रसाद साहलाई पक्राउ गरेको हो ।

    बारा जिल्लाको अमलेखगञ्जबाट प्रहरीले साहलाई अफिमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 
     
    अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले  हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलबाट लागु औषध अफिम फेला पारेको हो। 

    जाँचको क्रममा सोही मोटरसाइकलको सिटमुनी लुकाई राखिएको अफिम जस्तो देखिने पदार्थ बरामद भएको बारा प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij