काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा थप ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ परेका ६ जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा सर्लाही घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, धरान घर भई काठमाडौं बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारू, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन्।
योसँगै पक्राउ पर्नेको संख्या ७३ जना पुगेको छ। चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।