अमेरिकाले ७५ दिनका लागि थप्यो टिकटकमाथि लगाएको प्रतिबन्ध

अमेरिकाले ७५ दिनका लागि थप्यो टिकटकमाथि लगाएको प्रतिबन्ध

शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • अमेरिकाले ७५ दिनका लागि थप्यो टिकटकमाथि लगाएको प्रतिबन्ध

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनको दाबी छ ।

    उनले सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    सन् २०२४ को अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई टिकटक बेच्न २ सय ७० दिनको समय दिने कानूनमा हस्ताक्षर गरेका थिए ।

    गएको जनवरी २० मा पदभार ग्रहण गर्नुभएका ट्रम्पले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij