नेपालमा गुणस्तर परीक्षण भएका नौ उत्पादन सिधै भारत निर्यात गर्न पाइने

नेपालमा गुणस्तर परीक्षण भएका नौ उत्पादन सिधै भारत निर्यात गर्न पाइने

शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • नेपालमा गुणस्तर परीक्षण भएका नौ उत्पादन सिधै भारत निर्यात गर्न पाइने

    काठमाडौं । नेपालमा गुणस्तर परीक्षण भएका नौ उत्पादन सिधै भारत निर्यात गर्न पाइने भएको छ । नेपालको प्रयोगशालामा परीक्षण गरिएका ९ उत्पादनलाई भारतले मान्यता प्रदान गर्ने भएको हो। 

    खाद्य प्रविधि र गुणस्तर नियन्त्रणले जाँच गरेका ती उत्पादनलाई यसअघि भारतमा पुनः परिक्षण गर्नुपर्नेमा अव नेपालमा गरिएको गुणस्तर परिक्षणलाई नै भारतले मान्यता दिएको हो। खाद्य प्रविधि र गुणस्त्र नियन्त्रण बिभागका अनुुसार, भारतको खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई) द्वारा राष्ट्रिय खाद्य र फीड सन्दर्भ प्रयोगशाला (एनएपएफआरएल) लाई खाद्य नमूनाको परीक्षण गर्नका लागि आधिकारिक रूपमा मान्यता दिएपछि त्यस्तो सुुविधा भएको हो।

     यसअनुरूप अब काठमाडौंस्थित खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागले जारी गर्ने विश्लेषण प्रमाणपत्रलाई भारतको खाद्य संस्थानले सिधै स्वीकृत गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्णले बताए। यसअघि नेपाली व्यवसायीहरूले उत्पादन परीक्षणका लागि भारतको कोलकता र लखनउसम्म धाउनुपर्ने बाध्यता रहेको थियो । 

    त्यस्तो सुुविधा पाउँने नेपाली उत्पादनमा जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, ताजा फलफूल, तरकारी र इन्स्टेन्ट नूडल्स रहेका छन् । सिधै भारत निर्यात गर्न पाइने भएपछि उक्त सामग्रीको निर्यात बढ्ने व्यवसायीहरूको अपेक्षा छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij