रमजान र इदको अवसरमा यूएईले दियो १६६ जना नेपालीलाई आममाफी

रमजान र इदको अवसरमा यूएईले दियो १६६ जना नेपालीलाई आममाफी

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • रमजान र इदको अवसरमा यूएईले दियो १६६ जना नेपालीलाई आममाफी

     काठमाडौं । रमजान र इदको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यहाँका विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ । आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा १६६ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो । 

    आममाफी मुस्लिम धर्मावलम्बीको पवित्र पर्व रमजान महिना तथा ईद पर्वको अवसरमा दिइएको दूतावासले उल्लेख गरेको छ ।

    यसैगरी परराष्ट्र मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको माफीलाई नेपाल–यूएई द्विपक्षीय सम्बन्धको सौहार्दताको प्रतीकका रूपमा लिएको उल्लेख गरेको छ । 

    अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij