गाडीको ठक्करबाट नगरपालिकाका कर्मचारीको मृत्यु

गाडीको ठक्करबाट नगरपालिकाका कर्मचारीको मृत्यु

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • गाडीको ठक्करबाट नगरपालिकाका कर्मचारीको मृत्यु

    सिन्धुली । सिन्धुलीमा गाडीको ठक्करबाट नगरपालिकाका कर्मचारीको मृत्यु भएको छ । आइतबार बिहान कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको हो ।

    सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नं को गाडीको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरवहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    साइकलमा सवार खपाङ्गीलाई बीपी राजमार्गअन्तर्गत कमलामाइ नगरपालिका ६ को रातमाटा घुम्ती नजिक गाडीले ठक्कर दिएको थियो। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij