कलंकी ग्याङफाइट : झापड हानेको र मोबाइल चोरीको विषयमा भएको खुलासा

कलंकी ग्याङफाइट : झापड हानेको र मोबाइल चोरीको विषयमा भएको खुलासा

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • कलंकी ग्याङफाइट : झापड हानेको र मोबाइल चोरीको विषयमा भएको खुलासा

    काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । 

    होलीको एक दिन अगाडि निश्चल र अभयबीच विवाद भएको थियो। अभयले निश्चललाई झापड हानेको थियो । सोही बिषयमा यी दुई समूह बीच झडप भएको जनाइएको छ । 

    रोहितले प्रहरीसँग प्रारम्भिक बयानमा भनेका छन्, ‘निश्चल चाहि मेरो मिल्ने साथी हुन्। हुन त अरू पनि साथी नै हो तर निश्चलसँग अलि बढी मिल्थेँ।’

    लागुऔषधको विषयलाई लिएर झापड हानेपछि दुई पक्षबीच खटपट सुरू भएको थियो। यही विषयलाई लिएर फेरि होलीको पर्सीपल्ट कलंकी क्षेत्रमै उनीहरू दुई पक्षबीच भेट भएको थियो। त्यहाँ पनि निश्चल र अभयबीच विवाद भएको प्रहरीले जनाएको छ।

    उनीहरूको त्यस्तो झगडा चलिरहेको थियो। मेरो पनि मोबाइल फोन प्रवेश गुरूङ भन्नेले चोरेको थियो । सोमबार भने यही दुई विषयलाई लिएर ठूलो झडपसम्मको स्थिति बनेको थियो।

    मृतक काठमाडौंको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले छन्। उनको उपचारको क्रममा राति साढे ८ बजे मृत्यु भएको हो।

    यस घटनामा संलग्न अझै केही फरार रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा अहिलेसम्म प्रमुख मानिएका काठमाडौं–१४ कलंकी खड्का गाउँ बस्ने २५ वर्षीय रोहित खड्कालाई पक्राउ गरेको छ।

    उनीसँगै २० वर्षीय प्रविण झेडिमगर, २३ वर्षीय नविन तामाङ, २७ वर्षीय राज अर्याल, २६ वर्षीय जीवन श्रेष्ठ, १९ वर्षीइ साङ्गे लामा, २१ वर्षीय निश्चल तामाङ, २२ वर्षीय आषिश श्रेष्ठ, उदयपुर बस्ने २१ वर्षीय खेमराज मगर, २५ वर्षीय अजित बुढाथोकी रहेका छन् । 
     
    त्यस्तै धादिङका २० वर्षीय सुजन तामाङ, १९ वर्गीय सुसान श्रेष्ठ, १९ वर्षीय डेनियल विक, २३ वर्षीय विनय आलेमगर, २० वर्षीय रन्जित श्रेष्ठ, १९ वर्षीय गौतमकुमार जोगी र प्रवेश गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij