मध्यपुर थिमि घटना : १०० रुपैयाँ फिर्ता नदिँदा ढुंगाले हानेर हत्या

मध्यपुर थिमि घटना : १०० रुपैयाँ फिर्ता नदिँदा ढुंगाले हानेर हत्या

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • मध्यपुर थिमि घटना : १०० रुपैयाँ फिर्ता नदिँदा ढुंगाले हानेर हत्या

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत फेल परेका थिए ।  व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । 

    मृतक खोटाङको कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई रहेको खुलेको थियो । 

    उनी प्लास्टिक, बोत्तल टिप्ने काम गर्थे। टाउकोमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो।
     
    ओमप्रकाश राईको ढुंगाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोल्पाको परिवर्तन गाउँपालिका ६ का ५७ वर्षीय हिमाल बुढा मगरले आफूले ढुंगाले हानेर राईको हत्या गरेको बयान दिएका छन्।

    ‘सुत्न जाने क्रममा ओमप्रकाश राईले मेरो साथमा रहेको सय रुपैयाँ खोसेर लिएपछि मैले फिर्ता मागेको थिएँ। उनले पैसा हातमा च्यापेर बसे । ‘मेरो पैसा फिर्ता नगरेपछि मैले उनलाई भुइँमा लडाएर सोही ठाउँमा रहेको ढुंगा उठाएर पटक पटक टाउकोमा प्रहार गरेको हुँ।’ 

    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij