मृत भेटिएका पुरुषको हत्या नै भएको भक्तपुर प्रहरी निष्कर्ष

मृत भेटिएका पुरुषको हत्या नै भएको भक्तपुर प्रहरी निष्कर्ष

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • मृत भेटिएका पुरुषको हत्या नै भएको भक्तपुर  प्रहरी निष्कर्ष

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत फेल परेका थिए ।  व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । 

    मृतक खोटाङको कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई रहेको खुलेको थियो । 

    मध्यपुर थिमि क्षेत्रमा कवाडी सङ्कलन गरेर गुजारा चलाउने राई बोडेमा आफ्ना छोरासँग बस्दै आएका थिए । छोरा पठाओ राइडर हुन् । निलबाराहीको पिकनिक स्पट नजिकैको भागमा उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    राईको टाउको र दाहिने कानको छेउमा चोट देखिएको छ । हत्यामा संलग्न आशङ्कामा प्रहरीले सशंकितहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij