नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

    नाइजरिया । नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

    नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजन मार्फत कोकोरोको ग्रामीण सहरको फोन बिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरूको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो ।

    आतंककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ । सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

    मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अल(कायदासँग सम्बद्ध समूहहरू वर्षौँदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानाको नजिकको क्षेत्रमा आक्रमण भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij