ललितपुरमा गाडी दुर्घटना, सहचालकको मृत्यु

ललितपुरमा गाडी दुर्घटना, सहचालकको मृत्यु

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • ललितपुरमा गाडी दुर्घटना, सहचालकको मृत्यु

    काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका–३ माझखोलामा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

    बा २० च ७८७४ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा सहचालक धनुषा घर भएका ३२ वर्षीय मनोज सुनुवारको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका गाडी चालकको सोही अस्पालमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij