बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ

    काठमाडौं । काठमाडौंमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जना गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा पालुङटार नगरपालिका–६ बस्ने ४५ वर्षीय शम्भुलाल मल्ललाई पक्राउ गरेको हो । 

    मल्लले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। त्यहाँ बालिकाहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

    उक्त सूचनाको आधारमा प्रहरीले सोमबार अपराह्नमा छापा मारेको थियो। दुई जना बालिकालाई उद्धार समेत गरी सञ्चालक मल्ललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाहरूले मंगलबार जाहेरी समेत दिएका छन्।

    मल्ललाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij