काठमाडौं । धनुषामा बस दुर्घटना भएको छ । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो ।
दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पतालहरुमा लगिएको प्रहरीले जनाएको छ ।
बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।