रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ

रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ

बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ

    काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डल रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी हुन् । 

    सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु  माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

    त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।

    आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा माघ ३० गते राति मृत भेटिएकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij