पोखरामा पड्किएको बेलुनमा हाइड्रोजन ग्यास भर्ने एक जना पक्राउ

पोखरामा पड्किएको बेलुनमा हाइड्रोजन ग्यास भर्ने एक जना पक्राउ

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • पोखरामा पड्किएको बेलुनमा हाइड्रोजन ग्यास भर्ने एक जना पक्राउ

    काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्। यसरी पक्राउ हुनेमा ४१ वर्षीय कमलेस कुमार रहेका छन् । 

    गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो। 

    हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij