नेपाल प्रहरीका सई झापामा मृत भेटिए

नेपाल प्रहरीका सई झापामा मृत भेटिए

आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • नेपाल प्रहरीका सई झापामा मृत भेटिए

    काठमाडौं । झापामा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय, झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा प्रहरी नायब निरीक्षक ४९ वर्षीय धनराज खतिवडा मृत भेटिएका हुन् ।

    भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका सई खतिवडा झुन्डिएको अवस्थामा आइतबार बिहान मृत भेटिएका छन् । 

    खतिवडा माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij