प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

    काठमाडौं । प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था रहेको छ । ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रूपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका हुन् ।

    दैनिक १ करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उनले जानकारी दिए । १ सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उनको भनाइ छ । एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ ।

    “हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्”, उनले भने । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij