मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

    विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा २२ वर्षीय नीरज उरावको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव घाइते भएका छन् ।

    उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा नीरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको उपचार भइरहेको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij