डोल्पामा आगलागी हुँदा एकको मृत्यु

डोल्पामा आगलागी हुँदा एकको मृत्यु

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • डोल्पामा आगलागी हुँदा एकको मृत्यु
    डोल्पा । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिए ।
     
    उनका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।
     
    मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको वडाअध्यक्ष बुढाले बताए । 
     
    आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij