अछाममा दुई किशोरीको मृत्यु प्रकरण : २ जना किशोर पक्राउ

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : २ जना किशोर पक्राउ

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • अछाममा दुई किशोरीको मृत्यु प्रकरण : २ जना किशोर पक्राउ

    काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ । २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।

    शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।

    टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij