त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ ।

    क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो । लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

    पक्राउ परेका चिनियाँ नागरिकले आफूलाई एक जना व्यक्तिले निश्चित रकम दिने गरी लगिदिन भनेको बताएका छन् । ‘मलाई उनले विद्युतीय सामान छ भनेका थिए, मलाई यस्तो सामान छ भन्ने थाहा थिएन’, उनले दाबी गरेका छन् ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij