तेस्रो जगत् स्मृति कप ब्याटमिन्टन प्रतियोगिता सम्पन्न, को–को भए पुरस्कृत ?

तेस्रो जगत् स्मृति कप ब्याटमिन्टन प्रतियोगिता सम्पन्न, को–को भए पुरस्कृत ?

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • तेस्रो जगत् स्मृति कप ब्याटमिन्टन प्रतियोगिता सम्पन्न, को–को भए पुरस्कृत ?

    भक्तपुर । भक्तपुरमा तेस्रो जगत् स्मृति कप ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दुवाकोट सिटी ब्याङ्क्वेटको आयोजनामा तीन दिनसम्म चलेको प्रतियोगिता आज सम्पन्न भएको हो । 

    No description available.

    आयोजक काली चरण कार्कीका अनुसार, भेट्रान, मेन्स डबल र लेडिज सिङ्गल गरी तीन समूहमा खेलाइएको खेलमा कुल ८० टोलीका एक सय ५० जना खेलाडीको सहभागिता रहेको थियो । विभिन्न चरण पार गर्दै खेलहरुमा पहिलो, दोस्रो र तेस्रो भएका टोलीलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पुरस्कार, मेडल र सिल्डसहित सम्मान गरेका छन् । 

    No description available.

    खेलमा भेट्रान तर्फ पूर्णहरी होना र धिरज बहादुर चन्द प्रथम भएका छन् । त्यस्तै, मेन्स डबलतर्फ महेश भट्टराई र तेज बहादुर कार्की प्रथम हुँदा महिला एकलतर्फ भने स्वर्लिन श्रेष्ठले उपाधि हात पारिन् । 

    भेट्रान तर्फका पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार नगद पुरस्कारसँगै शिल्ड र मेडल प्रदान गरिएको थियो । त्यस्तै, मेल डबलका विजेता, फस्ट रनर अप र सेकेण्ड रनरअपलाई क्रमशः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसँगै शिल्ड र मेडल प्रदान गरिएको थियो । साथै, महिला खेलाडीहरुलाई भने शिल्ड र मेडल मात्र प्रदान गरिएको थियो । 

    को–को भए पुरस्कृत ? 

    भेट्रानतर्फ
    प्रथम पूर्णहरी होना र धिरज बहादुर चन्द
    दोस्रो सुरेन्द्र लामा र विष्णु नारायण श्रेष्ठ
    तेस्रो दिपक बस्नेत र युवराज श्रेष्ठ साथै केशव कार्की र देन लामा 

    No description available.

    मेन्स डबलतर्फ
    प्रथम महेश भट्टराई र तेज बहादुर कार्की
    दोस्रो झविन्द्र राउत र विक्रम निरौला
    तेस्रो प्रेम तामाङ र दिपक खत्री साथै अनिश गुरुङ संयोग बस्नेत 

    No description available.

    महिलातर्फ
    प्रथम स्वर्लिन श्रेष्ठ
    दोस्रो सरुशा थापा मगर
    तेस्रो टासी शेर्पा र सोमा गुरुङ 

    No description available.

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij