काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको अन्त्येष्टि आज गरिने भएको छ । सोमवार साँझ निधन भएका गायक तथा संगीतकार आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ९ बजेदेखि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ।
त्यस क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले उनका गीत गाउनेछन्। दिउँसो १ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिने भएको छ। त्यसपछि अपरान्ह अन्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट लगिने पारिवारिक स्रोतले जनाएको छ ।
आचार्यको उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा सोमवार ८१ वर्षको उमेरमा सोमबार निधन भएको थियो । उनी तीन दशकदेखि बिरामी परेका थिए ।