महिला यू–१९ एशिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

महिला यू–१९ एशिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • महिला यू–१९ एशिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

    काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

    १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

    त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।

    पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।

    नेपालले भोलि भारतसँग खेल्ने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij