एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग भिड्दै

एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग भिड्दै

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग भिड्दै

    काठमाडौं । मलेसियामा हिजोदेखि सुरु भएको  एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ।

    खेल नेपाली समय अनुसार विहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ। आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो।

    समूह बीमा रहेको भारतले शानदार सुरुवात गरेको छ। नेपाली महिला टोली पहिलो पटक एसिया कप खेल्न लागेको हो। आजको खेल जित्दै नेपाल विजयी सुरुवात गर्न चाहन्छ भने पाकिस्तान भने भारतसँगको हारको बदला लिन चाहन्छ।

    एसियाकप खेल्न नेपाली टोली गत शुक्रबार मलेसिया प्रस्थान गरेको थियो। महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् भने टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ।

    एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह एमा बंगलादेश, मलेसिया र श्रीलंका छन्। समूह ए अन्तरगत आजै बंगलादेशले श्रीलंकासँग खेल्ने छ। खेल विहान सवा ७ बजे सुरु हुनेछ।

    नेपालले पुस २ मा भारतको सामना गर्नेछ। दुवै समूहका शीर्ष २ टोली सुपर फोरमा प्रवेश गर्ने छन्।  सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष २ टोलीबीच फाइनल हुने छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij