पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा

पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा पुगेको हो ।

    सुदूरपश्चिमको जितमा न्यूजिल्यान्डका बलर स्कट कुगेलीनले पाँच विकेट लिएका छन् ।

    आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा पुगेको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो ।

    पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोडे । रायमन रिफरले ३३ र किरण थगुन्नाले ३२ रन बनाए । बलिङमा स्कट कुगेलेइन एक्लैले ५ विकेट लिए । हर्मित सिंहले ३ र सैब जफरले एक विकेट लिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij